१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतमा टिकटकमार्फत चर्चित बन्दै निशा गुरागाइँ, प्रतिबन्धले तनाव


0
Shares

काठमाडौं । भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।

सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।

यसै सिलसिलमा भारतमा टिकटिक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ ।

बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् । भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् ।

२३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन । ‘एन्जल निशु’को उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ ।

रियाज अली र आरिश्फा खान भारतमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन् । लिप म्युजिकमा खुबी राख्ने निशा आमा–बुबा र दाइका साथ मुम्बइ बस्दै आएकी छन् । केही समय अघि फेक भिडियोका कारण भारतभर भाइरल भएकी थिइन ।

उनी इन्स्ट्रागाममा पनि चर्चित छिन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन । ‘मुजे याद है आता’ टिकटिक भिडियो मार्फत उनले चर्चा बटुलेकी थिइन ।

आमा यशोदा गुरागाइँ लम्सालका साथमा निशा