२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका अस्पतालबाट ४ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज


0
Shares

कैलाली । सुदूरपश्चिमका विभिन्न अस्पतालबाट ४ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ४ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो ।

डडेल्धुराबाट ६८ जना, डोटीबाट १८ जना, महाकाली अस्पतालबाट ३ जना, टीकापुर अस्पतालबाट र अछाम अस्पतालबाट १/१ जना गरी ९१ जनालाई डिस्चार्ज गरिएका छ ।

सामाजिक विकास मन्त्रालयले अहिलेसम्म सबैभन्दा बढि डडेल्धुराका १ सय ३७, डोटीका १ सय २४, कञ्चनपुरका ८८ र कैलालीका ७६ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरेको जनाएको छ ।

अछामबाट २८, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट २/२ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

१४ दिनसम्म अस्पतालमा भर्ना गरिएको उनीहरुलाई कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा सात जना संक्रमितको मृत्यु भईसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको सङख्या २ हजार ४ सय ८३ पुगेको जनाएको छ ।