२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विश्व बैंकको राष्ट्रिय निर्देशकमा जर्भोस नियुक्त


0
Shares

काठमाडौं, असार १७ । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ ।

बैंकले बुधबारैका मितिदेखि लागू हुनेगरी हदाद जर्भोसलाई काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहनेगरी माल्दिभ्स, नेपाल र श्रीलंकाको राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो ।

उहाँले करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नुहुने बैंकले जनाएको छ ।

यसअघि, जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

अमेरिकी नागरिक जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध हुनुहुन्छ ।

कोरोनाका कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीनओटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उहाँको नियुक्ति भएको बैंकले जनाएको छ ।