
काठमाडौं, असार १७ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले बुधबार १४ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा नपुग्दै ठूलो संख्यामा तैनाथ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
युवाहरुले ‘पीसीआर’ परीक्षण शतप्रतिशत गर्नुपर्ने, कोरोना नियन्त्रणमा भएको भ्रष्टाचार रोक्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्