१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा ८९ जना डिस्चार्ज


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आइसोलेशनमा बसेका ८९ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्षा मावि हटारीमा रहेको आइसोलेशनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसुलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएका हुन ।

त्यसैगरी शितगंगाको आइसोलेशनबाट हिजो २१ जना डिस्चार्ज भएका थिए ।

उनीहरुलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने निर्देशन दिएकोे सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन भने ८ सय ५१ जना क्वारेन्टिनमा छन ।