२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्यानमारमा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १८ । म्यानमारको एक बहुमूल्य रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रको काची राज्यमा रहेको रत्न खानीमा भारी वर्षापछि आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

रत्न टिप्न पुगेकाहरुलाई पहिरोसँगै आएको माटोले बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पहिरोमा हराइरहेकाहरुको खोजी भइरहेको छ ।

रत्न खानीका लागि प्रख्यात म्यानमारमा वर्षेनि हुने यस्ता घटनामा सयौंको मृत्यु हुने गरेको छ । (एजेन्सी)