२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन


0
Shares

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीको तस्वीर लिएका उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानरसमेत बोकेका थिए ।

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’जस्ता नारा लगाएका थिए ।