१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अपांग संघमा तालाबन्दी


0
Shares

काठमाडौं, असार १८ । नेपाल अपांग संघमा भ्रष्टाचार भएको भन्दै संघको कार्यालयमा तालाबन्दी गरिएको छ ।

खगेन्द्र नवजीवन केन्द्रमा बस्दै आएकाहरुले भ्रष्टाचारमा संलग्नमाथि कारबाहीको माग गर्दै बिहीबार संघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

संघका पदाधिकारीहरुले कोषको रकम दुरुपयोग गरेका कारण संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेपनि कुनै सुनुवाइ नभएको कोइरालाको भनाइ छ ।

उनीहरु विगत दुई हप्तादेखि आन्दोलनमा छन् ।