
काठमाडौं, असार १८ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका एकजना ४८ दिने शिशुको मृत्यु भएको छ ।
श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
म्याग्दीका ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको अस्पतालका छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले जानकारी दिनुभयो ।
अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
तर, कोरोना पोजिटिभ देखिएपनि शिशुको कोरोनाका कारण नभइ श्वास–प्रश्वासको समस्याका कारण मृत्यु भएको डा. दासले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्