
प्यूठान, असार १८ । प्यूठानमा सलहले बालीनालीमा क्षति पुर्याउन थालेको छ ।
आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पुर्याउन थालेको हो ।
किसानहरु बिहानैदेखि बारीमा आगो बालेर धुवाँ फैलाउने, थाल ठटाउने, मादल र झ्याली बजाउने गरेर सलह भगाउन जुटेका छन् ।
लामो समय फौजी किराको मारमा परेका किसान अहिले सहलको प्रकोपका कारण समस्यामा परेका छन् ।
सलहले घोगा लाग्दै गरेका मकैका बोट सिख्रो बनाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्