१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


डडेल्धुरामा जनस्तरबाट चन्दा उठाएर ‘पीसीआर’ मेसिन खरिद


0
Shares

डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ ।

डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबमा स्वाबको चाप बढेपछि नागरिकस्तरबाट चन्दा संकलन गरी करिब ९६ लाख रुपैयाँमा मेसिन किनिएको हो ।

यस मेसिनबाट एक ‘सिफ्ट’मा ९६ जना र एक दिनमा ३८४ जनाको स्वाबको नमुना परीक्षण हुने बताइएको छ ।