
प्रतीकात्मक तस्वीर ।
कैलाली, असार १८ । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।
प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु भइसकेको छ ।
सुदूरपश्चिममा हालसम्म ४९५ जना अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
प्रतिक्रिया दिनुहोस्