
बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।
जिल्लामा कोरोना परीक्षण गर्न मेसिन आवश्यक रहेको भन्दै सांसद गौतमले करिब झन्डै एक करोड ३२ लाख रुपैयाँ उपकरण खरिद गर्न दिने निर्णय गर्नुभएको हो ।
कोरोनाका कारण स्थानीय पूर्वधार विकास कार्यक्रम ठप्प भएपछि उहाँले सोे रकम मेसिन किन्न रकमान्तर गर्न जिल्ला समन्वय समिति बर्दियालाई अनुरोध गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्