१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्कायो


0
Shares

गुल्मी, असार १९ । अविरल वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिका–४, दोहली ढाँडको ‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्काएको छ ।

कालिका निम्न माध्यमिक विद्यालयमा माथिबाट पहिरो आएपछि क्वारेन्टिनमा बसेका पाँचजनालाई ‘होम’ क्वारेन्टिनमा बस्न अनुमति दिइएको छ ।

उनीहरु सबैको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पहिरोले विद्यालयको नौकोठे भवनमा क्षति पुर्‍याएको छ ।

त्यस्तै, यही असार ६ गते पहिरोका कारण विस्थापित भएका रातापानीका विस्थापित तीन घर–परिवार बसेको जनशक्ति प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ ।

विस्थापितका पशु–चौपायासहित गोठ पनि पहिरोले पुरिएको छ ।