
मानबहादुर वली/ईमेज
सुर्खेत । कृषिमा आत्मनिर्भर हुने उद्देश्यले सुर्खेतमा गरिएको सूर्यमुखी खेतीले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको छ ।
बुलबुुले तालनजिकै व्यावसायिकरुपमा गरिएको सूर्यमुखीको खेती भएको स्थानमा फोटो खिच्ने र सामाजिक संजाल टिकटकको भिडियो बनाउनेको भिडभाड देखिन्छ ।
लाम्चो आकारको बारीमा ढकमक्क फुलेका सूर्यमुखीको पहेला फूल । त्यसमाथि तस्वीर खिचाउनेहरुको भीड ।
कोही आफ्नो सेल्फी खिच्दै त कोही अरु साथीहरूको तस्वीर खिचिदिँदै । यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक खेतको हो ।
पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै देखिने गरेको छ ।
सुर्खेतमा नै पहिलो पटक गरिएको सूुर्यमुखी खेतीमा फोटो मात्र नभई कतिपय त व्यावसायीक अध्ययनका लागि समेत आउने गरेको स्थानीय नगेन्द्रबहादुर थापा बताउँछन् ।
चार जना युवाहरू मिलेर व्यावसायिक सूर्यमुखीको खेती सुरु गरिएको यो बारीमा अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्ने गरेको छ ।
सूर्यमुखी फुलको आकर्षणले अहिले बुुलबुुले ताल घुुम्न आउने जो कोहि पनि नजिकै खेतमा रहेको बगैचामा गएर फोटो खिच्ने गरेको स्थानीय हेमा सेन बताउछिन् ।
दैनिक दुई सयको हाराहारीमा यस बारीमा फोटो खिच्ने र अवलोकन गर्नेहरु आउने गरेका छन् । तर मानिसको बाक्लो भीडले कतिपय बोटहरू भाँच्चिने गरेका छन् ।
त्यसैको क्षतिपूर्तीका लागि फोटो खिचाउनेहरुबाट प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने गरेको व्यवसायी कपिल अधिकारीको भनाइ छ ।
वार्षिक १ लाख ४० हजार रुपैयाँ भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा २ लाख बढी लगानी लागेको छ ।
स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्जन ढकाल मिलेर ६ कठ्ठा जमिनमा व्यावसायिक रूपमा सूर्यमुखीको खेती गरेका हुन् ।
आफ्नो पहेँलपुर बारीप्रति आकर्षित बन्नेहरुको भिडभाड देखेर उनीहरु दंग परेका छन् ।
प्रतिक्रिया दिनुहोस्