१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बिहेको प्रलोभनमा पारेर बालिका ‘बलात्कार’


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवक पर्वतमा पक्राउ परेका छन् ।

बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–२, पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खड्काले यही असार १५ गते पर्वतको कुश्मा नगरपालिका–६, कुश्माबजारको एक होटलमा बालिकालाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले असार १६ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।

घटनाको जानकारी पाएलगत्तै गिरफ्तार गरिएको र उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।

असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहीन भएकी बालिकालाई सोधखोज गर्दा घटनाक्रम पत्ता लागेपछि परिवारले प्रहरीलाई खबर गरेको बताइएको छ ।

उजुरीपश्चात् प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको ती बालिकाकी आमाले बताउनुभयो ।

प्रहरी निरीक्षक सुवेदीकाअनुसार खड्काविरुद्ध सरकारी वकिल कार्यालय पर्वतमार्फत् जबर्जस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।