
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोना पोजेटिभ देखिएको छ ।
विदेशमन्त्री कुरैशीले आफुलाई संक्रमण पुष्टि भएको ट्विटरमा मार्फत जानकारी गराउनुभएको छ ।
कोरोना पुष्टि भए लगत्तै होम क्वारेन्टिनमा बसेको ट्वीटरमा लेखिएको छ । विदेशमन्त्री कुरेशीले होम क्वारेन्टिनमै वसेर सवै जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिनुभएको छ ।
हालसम्म पाकिस्तानमा २ लाख २१ हजार ८ सय बढिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ४ हजार ५ सय भन्दा वढीको मृत्यु भइसेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्