
काठमाडौं । आज(शनिबार) वस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।
वैठक सोमवारका लागि डाकिएको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न नेताहरु राजी भएका हुन् ।
स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा हुनुहन्छ ।
प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले नेताहरुवीच झनै ठूलो तरंग पैदा गरेको छ ।
ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेको आशंका नेताहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्