
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा भारतवाट आएकी एक महिलाको मृत्यु भएको छ ।
यही जेठ २६ गते भारतको सुरतबाट श्रीमान, छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षीया महिलाको शुक्रवार साँझ साढे ७ बजेतिर मृत्यु भएको हो ।
उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेकाले उपचारका लागि भारतमा गएको र भारतवाट आएर १४ दिन क्वारेन्टाइनमा बसी आरडिटी नेगेटिभ आएपछि घर पठाइएको थियो ।
घरमा गएर होम क्वारेन्टाइनमा बसेका बेला उनको मृत्यु भएको हो । ४ जना मध्ये २ जनाको आरडिटी पोजेटिभ आएकाले उनीहरु अहिले पनि क्वारेन्टाइनमै रहेको छन् ।
मृतक महिलाको पिसिआर परिक्षणका लागि शुक्रवार राति नै स्वाब संकलन गरि धनगढी पठाइएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शव भने अहिले घरमै रहेको छ । रिपोर्ट आएपछि मात्र शवको दहासंस्कार गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्