२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पहिरोले पुरिएका सातमध्ये दुई जनाको शव भेटियो, उद्धार जारी


0
Shares

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ ।

शव फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वर्षीया छोरी अस्मिता र ११ वर्षिय छोरा प्रयाग जेठार रहेको प्रहरीले जनाएको छ ।

घटनामा १८ घर पहिरोले बगाएको छ । गएराती अबिरल बर्षा संगै गाउँको माथीबाट पहिरो झरेपछि घटना भएको हो ।

सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले बताउनुभयो ।

बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली गइसकेको जानकारी दिनुभयो । पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।