
बझाङ, असार २० । बझाङमा पहिरोमा पुरिएर छजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।
मृत्यु हुनेमा एकै परिवारका ४२ वर्षीया राममतीदेवी जेथारा, उनकी १६ वर्षीया छोरी शान्ति जेथारा, उनका ११ वर्षीय छोरा प्रयाग जेथारा र सात वर्षीया छोरी अस्मिता जेथारा छन् ।
उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, ८० वर्षीय दले जेथारा र १५ वर्षीय सन्तुको शव पनि पहिरोले पुरिएको अवस्थामा भेटिएको छ ।
पहिरोमा पुरिएका २० वर्षीय गिरिजा जेथारा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।
पहिरोमा पुरिएर ठूलो संख्यामा गाई, भैंसी, बाख्रा पनि मरेका छन् ।
जिल्लाको केदारस्युँ गाउँपालिकामा शुक्रबार राति गाउँमाथिबाट गएको पहिरोले वडा नम्बर–८, मल्लेसका १७ घर बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्