
प्रकाश लम्साल (इमेज)
बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउने ८५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कलैयाबजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्नेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रशासनले कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन यसअघि सूचना जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कलैयाका प्रवक्ता गौतम मिश्रले सूचना अटेर गरी मास्क नलगाउने कलैयाबजार क्षेत्रमा रहेका पसल सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्ने ८५ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
नियन्त्रणमा लिइएकालाई संक्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत् १०० रुपैयाँ जरिवाना गरी छाडिने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले यही असार १६ गते स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा राखेको बैठकको निर्णयअनुसार कारबाही थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।
अब जिल्लाका जीतपुर, सिमरा, निजगढ, कोहल्बी, पथलैया अमलेखगन्जलगायतका ठूला बजारहरुमा कारबाही ब्यापक बनाइने प्रहरीले जनाएको छ ।
बाराका बजारमा सामान्य सुरक्षा सावधानीसमेत नअपनाइएको भन्दै कारबाही तीव्र पारिएको हो ।
प्रतिक्रिया दिनुहोस्