२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए


0
Shares

काठमाडौं, असार २० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक दुवैजनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २७२ जना घर फर्केका छन् । अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या छ हजार ४१५ पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 2077.03.20

Press Briefing on COVID-19 2077.03.20#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, July 4, 2020