
स्याङ्जा, असार २० । स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
गत वर्ष मध्य असारमा करिब २५ प्रतिशतमात्रै रोपाइँ सकिएको यस जिल्लामा पानी परेका कारण रोपाइँ समयमै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोटको सुन्तलीटार, रत्नपुर, कुवाकोट, गल्याङ क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु जिल्लाका प्रमुख रुपमा धान उत्पादन हुने क्षेत्र हुन् ।
जिल्लामा जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ ।
स्याङ्जाको कुल क्षेत्रफलमध्ये १६ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्