१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा ३५ प्रतिशत रोपाइँ सम्पन्न


0
Shares

तनहुँ, असार २० । तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

समयमा वर्षा भएपछि किसानहरुलाई बर्खे धान रोप्नका लागि भ्याइ–नभ्याइ छ ।

‘लकडाउन’का कारण युवा जनशक्ति गाउँमै भएपछि तनहुँमा धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

गत वर्षहरुमा कामदार नपाउने समस्या भएर बाँझिएका खेत यस वर्ष रोप्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

कृषकहरुले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् ।

५१ हजार ५१० हेक्टर क्षेत्रफल रहेको तनहुँमा सात हजार २३६ हेक्टर क्षेत्रफलमा भने मौसमी सिँचाइबाट धान रोपाइ हुने गरेको छ ।