
स्याङ्जा, असार २० । आफ्नै साथीको हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
गल्याङ नगरपालिका–४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको हत्याको आरोप लागेको स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपानेलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
गत जेठ २१ गते साथीहरुसँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेलापरेका थिए ।
घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक निरन्जन घिमिरे नेतृत्वको टोलीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो ।
मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरीसमेत दिएकी थिइन् ।
गल्याङ सेतीवेणी ग्रामीण कच्ची सडकअन्तर्गत् पर्ने गल्याङ नगरपालिका–५, सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेलापरेका थिए ।
प्रतिक्रिया दिनुहोस्