१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इनबहालमा रक्तदान


0
Shares

काठमाडौं, असार २० । काठमाडौंको इनबहालमा आयोजित खुला रक्तदान कार्यक्रममा शनिबार ५० भन्दा बढीले रक्तदान गरेका छन् ।

रगत अभावबाट अकालमै मृत्यवरण गर्न नपरोस् भन्ने उद्देश्यले कमलाक्षी युवा समूहले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

यसअघि, ९७औंपटक रक्तदान कार्यक्रम सम्पन्न गरेको समूहमा हालसम्म आठ हजारको हाराहारीमा रक्तदाताहरुले रक्तदान गरिसकेको समूहका संयोजक केशव श्रेष्ठले बताउनुभयो ।

रेडक्रस सोसाइटीबाट आएका स्वास्थ्यकर्मीहरुले सहभागीहरुको सामान्य चेकजाँचसमेत गरेका थिए ।

जनसम्पर्क शाखाकाअनुसार हाल उपत्यकामा दैनिक करिब १५० देखि २०० पिन्ट रगत आवश्यक पर्ने गरेको र यसका लागि विभिन्न संस्थाहरुले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।