२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा खोलाले बगाउँदा महिलाको मृत्यु


0
Shares

बैतडी, असार २० । बैतडीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान भइनसकेको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

जमाडी खोलाले बगाएर ल्याएको अवस्थामा गिरिजाबगर भन्ने स्थानमा महिलाको शव फेलापरेको थियो ।