
प्रतीकात्मक ।
सुरेन्द्र भण्डारी (इमेज)
झापा, असार २० । रतुवा खोलाले बगाउँदा शनिबार झापामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–५, टुक्रेका ३५ वर्षीय पुष्प राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खोलाले बगाएर ल्याउँदै गरेको दाउरा झिक्नेक्रममा राईलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्