
काठमाडौं, जेठ १४ । अन्तर्राष्ट्रियस्तरमा खगोल तथा अन्तरिक्ष विज्ञानमा भएका खोज–अनुसन्धानबारे विद्यार्थी र शिक्षकहरुलाई जानकारी दिने कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।
नेपाल सरकारले भर्खरैमात्र कीर्तिपुरमा स्थापना गरेको बीपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालयले सुरु गरेको कार्यक्रममा ४० ओटा कलेजका करिब १२० जना विद्यार्थी सहभागी छन् ।
कार्यक्रममा सो संग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विद्यार्थीहरुलाई यसबारे जानकारी दिने र खोज–अनुसन्धानमा उत्प्रेरणा दिइने बताए ।
कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न प्रयोगात्मक अभ्यास पनि गराइने डा. शर्माले बताए ।
कार्यक्रम आउँदो शुक्रबारसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्