१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाग्लुङको क्वारेन्टिनमा बसेका युवाको मृत्यु, रिपोर्ट आएपछि दाहसंस्कार गरिने


0
Shares

-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । क्वारेन्टिनमा बसेका निसीखोलाका एक युवाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिनुभयो ।

केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आइतबार मृत्यु भएको डा.मल्लले बताउनुभयो ।

लामो समयदेखि भारतमा बस्दै आएका विक किड्नी सम्बन्धि रोगबाट ग्रसित थिए ।

उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि उनको दाहसंस्कार गरिने डा.मल्लले बताउनुभयो । नेपाल आर्मीले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।