२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री ओली बिनाको पार्टी परिकल्पना गर्नै सकिन्नः महेश बस्नेत


13
Shares

काठमाडौं । पार्टीभित्र गुटबन्दी झांगिएको बेला नेकपाका दोस्रो तहका नेताहरु पनि आ–आफ्नो खेमाको बचाउमा लागेका छन् ।

स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेको बेला ओली समुहका प्रभावशाली युवा नेता महेश बस्नेतले सिंगो पार्टी ओलीको पछाडी रहेको जिकिर गर्नुभयो ।

आज बिहान हामीसँग कुरा गर्दै बस्नेतले केपी ओली बिनाको पार्टी परिकल्पना समेत गर्न नसकिने बताउनुभयो । प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउन खोज्दैछन् भन्नु भ्रम मात्रै भएको बस्नेतको बुझाई छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकता प्रक्रिया टुंगिएर महाधिवेशन भएपछि पद छाड्ने घोषणा गर्नुभएकोले स्थायी कमिटि बैठक ओलीको राजिनामा माग्नुभन्दा महाधिवेशन आयोजनामा केन्द्रित हुनुपर्ने युवा नेता बस्नेतको भनाई छ ।