१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समुदायमा पस्यो कोरोना संक्रमणः ९४७ संक्रमितको सम्पर्कमा रहेकाहरूको खोजी नै भएन


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदायमा पनि भयावह रूपमा विस्तार हुने खतरा देखिएको छ ।

आइतबारसम्म देशभर देखिएका १५ हजार सात सय ८४ संक्रमितमध्ये नौ सय ४७ समुदायबाट देखिएका हुन् । तर, उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको अहिलेसम्म खोजी भएको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार विभिन्न अध्ययन र परीक्षणबाट कुल संक्रमितको ६ प्रतिशत समुदायबाट देखिएका छन् ।

१४ हजार आठ सय ३७ संक्रमित भने विदेशमै संक्रमित भएर फर्किएका र उनीहरूको सम्पर्कमा आएकाहरू रहेकोे उनको भनाइ छ ।

समुदायमा देखिएका संक्रमितहरूको सम्पर्कमा आएको व्यक्तिहरूको अहिलेसम्म पहिचान भएको छैन । यो निकै घातक हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक संक्रमितको सम्पर्कमा रहेका औसत १३ जनाको कोरोना परीक्षण गर्नुपर्छ ।

त्यस हिसाबले अहिलेसम्म समुदायमा देखिएका संक्रमितको सम्पर्कमा आएका १२ हजार तीन सय ११ जनाको नमुना संकलन गरेर परीक्षण गरिसक्नुपथ्र्यो ।

२४ घन्टाभित्र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्छ । तर, अहिलेसम्म हुन सकेको छैन । कोरोनाको लक्षण नदेखिएका कारण पनि संक्रमित पत्ता लगाउन समस्या भएको मन्त्रालयको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट