२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस


0
Shares

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ ।

कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ता र सम्भावित सत्ता साझेदारीको विषयले बढी चर्चा पाएको छ ।

बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्रीसँगको भेटको कारण र सत्ता साझेदारीको विषय के हो भनी सभापति देउवालाई प्रश्न गरेका थिए ।

बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र नेता सुवास नेम्वाङलाई पठाएर गरिएको भेटबारे जिज्ञासा राखेको र संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई सचेत गराएको जानकारी दिए ।

‘बैठकमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र दूत पठाएर गरिएको भेटबारे जिज्ञासा राख्नुभयो । संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई वरिष्ठ नेताले सचेत गराउनुभएको छ,’ नेता जोशीले भने ।राजधानी दैनिकबाट