४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

नेकपा स्थायी कमिटी बैठक स्थगित, अध्यक्षद्वयबीच छलफल जारी


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक आउँदो २४ गते ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । यसअघि पनि पटक-पटक नेकपा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ ।

नेकपामा देखिएको आन्तरिक द्वन्द्वले चरम रुप लिएको छ । विभिन्न तहका नेताहरु छलफलमा जुटेपनि त्यसले समस्याको समाधान निकाल्न सकेको छैन् ।

पार्टीभित्रको विवाद समाधान गर्न यतिवेला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालवीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको छ ।

हिजो नेकपा अध्यक्षद्वय ओली र दाहालवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।