१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यतिबेला सरकारी वकिल र प्रहरीको काम बढेको छ : महान्यायाधिवक्ता


0
Shares

सिन्धुली । नेपाल सरकारका महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पछिल्लो समयमा अदालतहरुमा फौजदारी मुद्दाहरुको चाप बढेकोले सरकारी वकिल र प्रहरीको काम बढेर गएको बताउनुभएको छ ।

सिन्धुलीमाडीमा जिल्ला सरकारी वकिल कार्यालय लगायत एकिकृत सरकारी कार्यालय भवनको उद्घाटन गर्दे उहाँले फौजदारी न्याय प्रशासनमा केही परिवर्तनहरु गरिएसंगै छिटो छरितो रुपमा न्याय सम्पादन गराउन सहज हुँदै गइरहेका वताउनुभयो ।

भुकम्पले क्षतिग्रस्त सरकारी वकिलको कार्यालय, जिल्ला हुलाक कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सहितको एकिकृत भवन १४ करोड ७२ लाखको लागतमा निर्माण भएको हो ।