१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १०/१० लाख सहयोग


0
Shares

काठमाडौं, असार २२ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ

महानगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लबलाई प्रतिक्लब १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रवर्द्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभयो ।

‘ए’ डिभिजनलाई १० लाख रुपैयाँ, ‘बी’ डिभिजनलाई तीन लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई दुई लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्षदेखि सहयोग रकमलाई वृद्धि गर्ने महानगरले जनाएको छ ।