१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली र दाहाल–नेपाल समूहबीच झडप


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार २२ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा पार्टीकै दुई समूहबीच झडप भएको हो ।

सोमबार साँझ ५ बजेतिर लम्कीचोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थन गर्दै कार्यक्रम आयोजना गरेको थियो ।

सोहीक्रममा दुवै पक्षबीच भएको विवाद हात हालाहालसम्म पुगेको जनाइएको छ ।

स्थानीयकाअनुसार ओली पक्षले ‘हामीलाई प्रचण्डको एक–एक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो ।

सचेत नागरिक समाजको तर्फबाट ओली पक्षनिकट मानिँदै आउनुभएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै भाषण गर्नुभएको थियो ।

लगत्तै बोल्न माइक समाउनुभएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै दाहालले बकम्फुसे कुरा गरेको आरोप लगाउनुभएको थियो ।

त्यसपछि दाहालनिकटका केही युवाहरु खड्कामाथि खनिएका थिए । झडप सुरु भएको केहीबेरपछि प्रहरीको टोलीले झडप साम्य पारेको थियो ।