२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि १० मै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसल केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य कार्यतालिका परिमार्जन गरेको छ । पार्टीको १४ औं महाधिवेशन फागुनमै गर्नेगरी तल्लो तह को कार्यतालिका परिमाजर्नको निर्णय कांग्रेसले गरेको हो ।

हिजो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकले कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते, गाउँ—नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रका अधिवेशन पुस १३ गते गरिने छन् ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १३ हुने तय गरिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १६ र प्रदेश अधिवेशन माघ ६ गते हुने गरी परिमार्जित कार्यतालिका सार्वजनिक गरिएको छ ।