१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६० वर्षीय महिलामा कोरोना देखिएपछि गाउँ नै ‘सिल’


0
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ८ बागमाराकी ६० वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएपछि उनको घर र टोल सिल गरिएको छ ।

वीपी राजमार्गको भिमान नजिकै रहेको संक्रमितको गाउँ बागमारा र सो आसपासका २० वटा घर सिल गरिएको प्रशासनले जनाएको छ । सिन्धुली अस्पतालमा २ दिन उपचार गराई पत्थरीको अप्रेशनका लागि राजधानी स्थित पाटन अस्पताल गएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा गएको सिन्धुली अस्पताल सहितको टोलीले घर गाउ सिल गरेको हो ।