म्याग्दी । गएरातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ । वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका, तातोपानीको नागढुंगा हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन हुन सक्ने अवस्था छैन ।
यसैबीच बेनी–दरबाङ सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन पर्वत वेनीमा नै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्