काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्