१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


समाजवादी पार्टीको पदाधीकारी बैठक बस्दै


0
Shares

काठमाडौं । समसामयीक राजनीतिक विषयमा छलफल गर्न समाजवादी पार्टी नेपालको पदाधीकारी बैठक आज बस्दै छ ।

मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षिको भूमिकाका विषयमा बैठकमा छलफल हुने उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय जनता पार्टीसँग एकतापछि बनेको जनता समाजवादी दलमा नेतृत्वको भागवण्डा कसरी मिलाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

पदाधीकारीहरुले पनि शिर्ष नेतृत्वलाई नवगठित पार्टीमा आफ्नो पार्टीको अस्तित्व रहने गरी नेतृत्वको भागवण्डा गर्न सुझाव दिने तयारी गरेको बताइएको छ ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल गठन भइसकेको छ तर निर्वाचन आयोगले दर्ता प्रमाणपत्र नदिएको कारणले समाजवादी पार्टीको पदाधिकारी बैठक छुट्टै बसेको हो ।