बैतडी, असार २३ । बैतडीबाट २०३ जना कोरोना संक्रमित निको भएर ‘डिस्चार्ज’ भएका छन् ।
डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् ।
जिल्लामा २८२ जनामा कोरोना पुष्टि हुँदा ७९ जनामात्रै स्थानीय तहले बनाएका ‘क्वारेन्टिन’मा तथा ‘आइसोलेसन’मा बसेका छन् । बाँकी २०३ जना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी ५० जना संक्रमित रहेका छन् । शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै ‘होम’ आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्