२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मास्क नलगाइ हिँड्नेलाई अब कारबाही


0
Shares

गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र योगेश लामा (इमेज)

काठमाडौं, असार २३ । सरकारले ‘लकडाउन’ केही खुकुलो बनाएसँगै काठमाडौंमा सर्वसाधारणको चहलपहल बढेको छ । जसका कारण पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्न थालेको छ ।

संक्रमण बढ्न थालेसँगै मास्क नलगाइ हिँड्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामका लागि विश्वभर मास्कको प्रयोग भइरहेको छ ।

नेपालमा यसअघि धुवाँ–धुलोबाट बच्नमात्र प्रयोग गरिएपनि पछिल्लो समय कोरोनाभाइरसको महामारी फैलिएपछि मास्कको प्रयोग व्यापकरुपमा बढेको छ ।

कोरोनाको कहर सुरु हुनेबित्तिकै मास्क प्रयोगमा ल्याएका नेपालीले अहिले भने केहीले यसको बेवास्ता गर्ने गरेका छन् ।

कोरोनाको संक्रमण बढेपछि सचेत बनेका नेपालीहरु पछिल्लो समय नेपाल नै कोरोनाको ‘हटस्पट’ बन्ने अवस्थामा पुग्दा भने मास्क लगाउन छाडेका छन् ।

यता, गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कारबाही गर्न प्रहरी र ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

मन्त्रालयको निर्देशनअनुसार प्रहरीले पनि मास्क नलगाइ हिँड्ने सर्वसाधारणलाई कारबाही प्रक्रिया अघि बढेको बताएको छ ।

काठमाडौंलगायत देशभर दिनहुँ भिडभाड हुने क्षेत्रमा मास्क नलगाइ हिँड्नेहरुको संख्या बढेको छ ।

मास्कको प्रयोग नगरी भिडभाडमा भेला हुने गरेकाहरु भने पन्छिन खोज्छन् ।

कोरोना नियन्त्रण र रोकथामका लागि मास्कको प्रयोग गर्नु उचित मानिन्छ । यसले आफू र समुदायमा समेत कोरोना संक्रमण नियन्त्रणका लागि केही हदसम्म भूमिका निर्वाह गर्नेमा दुईमत छैन ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/imagekhabar.com.np/videos/605831196979289/?eid=ARBbe2L-2rmsLsOliOI10fImNCSxWbVK89nbQ1l57Wuidmkc6_FEp45KcUXEW_FfZXdhCvca_VcYMHlN