१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लमजुङमा कोरोना संक्रमितको संख्या ६२, निको हुने २२ जना


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, असार २५ । लमजुङमा बिहीबार थप पाँचजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरु सुन्दरबजारस्थित कृषि क्याम्पसको ‘क्वारेन्टिन’मा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

सुन्दरबजार नगरपालिकाका दुईजना पुरुष, राइनास नगरपालिकाका दुईजना पुरुष र दूधपोखरी गाउँपालिकाका थप एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै लमजुङमा कोरोना संक्रमित संख्या ६२ पुगेको छ ।

लमजुङको विभिन्न स्थानका ‘आइसोलेसन’मा उपचार गरी २० जना, तनहुँ छिम्केश्वरी अस्पताल र काठमाडौं, वनस्थलीको ‘आइसोलेसन’बाट एक/एकजना गरी २२ जना संक्रमित निको भएर घर फर्किइसकेका जनाइएको छ ।