कैलाली । कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको आईएमईमा चोरी भएको छ ।
गएराती आईएमई काउन्टरबाट झण्डै ६ लाख रुपैया बढि चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न ब्यक्तीको सिसीटिभी फुटेजबाट अनुसन्धान गरी रहेको छ ।
आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको जानकारी दिनुभयो । काउन्टरबाट नगद ६ लाख रुपैया र १ लाख ५० हजारको रिचार्ज चोरी भएको बताउनुभयो ।
चोरीमा संगलग्नको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्