१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपरासी प्रशासनले भन्यो, ‘पानीको बहाव बढ्यो डुबानको जोखिम छ सतर्क रहौं ’


0
Shares

नवलपरासी । गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ । पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ ।

शुक्रबार बिहान पानीको बहाव बढेर १० दशमलब ४५ मिटर पुगेको छ भने ११ मिटरसम्म पुगेपछि खतरा वढेको हो ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको देखाएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।

गण्डक ब्यारेजमा सबै ढोका बन्द रहेकाले पानीको बहाव बढ्दै गए नेपालतर्फ जोखिम बढ्ने भएकाले स्थानीयलाई सचेत हुन आग्रह गरिएको प्रजिअ पाठकले जानकारी गराउनुभयो ।

पानीको बहाव बढ्दै गए ब्यारेजका ढोका खोल्न भारतीय पक्षसँग आग्रह गर्ने उहाँले बताउनुभयो । गण्डक क्षेत्रमा पर्ने सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका ४० बढी गाउँ डुबानमा पर्ने संभावना छ ।