बागलुङ । बिहिबारदेखि लगातार परेको अविरल वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिकामा २५ घरभन्दा बढी पहिरोको जोखिममा परेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ को नागबेली बेलास्पुर, पट्टिपाखा पानी गाउँका करिब १२ घर र वडा नं. ५ को धस्मर गाउँका १३ घर पहिरोको जोखिममा परेको हो ।
लगातार पानी परिरहेको र बस्तीको अगाडि र पछाडीबाट पहिरो झरिरहेको हुँदा जोखिममा परेका परिवार छिमेकमा आश्रय लिएर बसेको स्थानीय मन बहादुर घर्तीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्