१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजस्व छली आरोपमा मुद्दा दायर


0
Shares

काठमाडौं, असार २६ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले छ करोड ६९ लाख बिगो, जरिवाना एवं कैद माग–दाबीसहित उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट गरेको अभियोगमा श्याम ग्लास इन्डस्ट्रिजलाई छ करोड छ लाख माग तथा बिगो कायम गरी उक्त बिगो असुल र जरिवाना तथा कैद माग गर्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरेको विभागले जनाएको हो ।

कम्पनीले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत नतिरेको विभागले उल्लेख गरेको छ ।

यस्तै, राजस्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगलाई ६३ लाख ८ हजार माग–दाबी र बिगोको असुलउपर गर्न उच्च अदालत तुल्सीपुर, बुटवलमै मुद्दा दायर गरिएको छ ।

कम्पनीले सरकारलाई तिर्नुपर्ने अन्तःशुल्क नतिरी राजस्व चुहावट र राजस्व छली गरेको विभागले जनाएको छ ।

यस्तै, विभागले मालवस्तु तथा ढुवानीको साधनको अनुगमन प्रणाली (भीसीटीएस)मा प्रविष्टि नगरी कानुनको परिपालना नगरेको अभियोगमा काठमाडौंमा कपडालगायतका आयात तथा थोक बिक्री कारोबार गर्ने विभिन्न चार फर्मलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।